नेमारद्वारा ७ लाख ७० हजार युरो सहयोग

एजेन्सी : विश्व अहिले कोरोना महामारीको चरम अवस्थाबाट गुज्रिरहेका बेला विश्वका चर्चित खेलाडीहरू आफ्नो तलबको केहि मात्रामा भए पनि सहयोग गरिरहेका छन् । यस्तोमा ब्राजिलियन स्टार नेमारले ७ लाख ७० हजार युरो अर्थात् ९ अर्ब १० करोड बराबर सहयोग गरेका छन् ।

नेमारले उपलब्ध गराएको सो रकम ब्राजिलका कोरोना भाइरस पीडितका लागि भएको नेमारले बताएका छन् । सामान्य रकम भएकाले नेमारले उक्त रकम आफ्नो नाममा नराखे पनि ब्राजिलियन टेलिभिजनले उनको नाम खुलाएको थियो ।

ब्राजिलको एसबिटी टिभीको कार्यक्रममा भनियो ‘आफ्नो सहयोगको रकम र विषयमा खुलासा गर्न नेमार चाहँदैन थिए। तर, कसैले राम्रो काम गरिरहेको छ भने त्यसलाई लुकाउन जरुरी छैन भनेर हामीले उनको नाम सर्वाजनिक गरेका हौं ।’ कार्यक्रममा अगाडि भनियो, ‘हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं ।

यसले अन्य खेलाडीलाई पनि प्रोत्साहित गर्न सक्छ ।’ कोरोना भाइरस पीडितकै लागि फुटबलरहरू क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, रोबर्ट लेवान्डोस्की र प्रशिक्षक पेप ग्वार्डिओलाले ठूलो मात्रामा धन राशी खर्च गरिरहेका छन् ।

2 Comments

तपाईको प्रतिक्रिया

Techie