नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडौ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । परिसूचक ३ दशमलव ६६ अंकले बढेर २ हजार ६ सय ४० दशमलव ३४ अंकमा पुगेको हो । जीवन विमा, निर्जिव विमा कम्पनी, फाइक्रोफाइनान्स, फाइनान्सको उपसूचक घटेको छ भने व्यापार, होटल, विकास बैंक, हाइड्रोपावर, उत्पादन, म्युजियल फन्ड र अन्य उपसूचक बढेको छ । आज २०७ कम्पनीका ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिद बिक्रि भएको छ । आइतवार सेन्सेटिभ इन्डेक्स २ दशमलव २ अंकले घटेर ४७९ दशमलव ५८ विन्दुमा झरेको छ । आज १२ उपसमुहमध्ये ७ उपसमुहको परिसुचक बढेको छ । ५ उपसमुहको परिसुचक घटेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसमुहको सूचक ८३ दशमलव २७ अंकले बढेको छ । त्यस्तै अन्य समूह ३९ दशमलव ९१, विकास बैंक समूह २९ दशमलव ३२, व्यापार समूह १६ दशमलव ५, होटल समूह १२ दशमलव १७ र उत्पादन समूह ४ दशमलव ११ अंकले बढेको छ । सबैभन्दा बढी जीवन विमा उपसमूहको शेयर ३६१ दशमलव ४६ अंकले घटेको छ । त्यस्तै फाइक्रोफाइनान्स उपसमूह ४५ दशमलव ४६, बैंकिङ उपसमूह ७ दशमलव १३ अंकले घटेको छ । आइबार नेपाल बैंकको सबैभन्दा बढी ६१ करोड ४२ लाख ६२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, गत साताबाट मात्रै दोस्रो बजारमा कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५३ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अपर तामाकोशी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर, नेपाल हाइड्रो, चन्द्रागिरी हिल्स र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार छ ।।

तपाईको प्रतिक्रिया

Techie