नेप्सेमा पुनः ५१.६५ अंकको गिरावट

काठमाडौ । मंगलबार भारी अंकले बढेको शेयर बजारमा बुधबार फेरि गिरावट आएको छ । नेप्से सूचक ५१ दशमलव ६५ अंकले घटेर २८ सय ६२ दशमलव १८ विन्दुमा झरेको छ । कारोबार रकम पनि ८ अर्ब रुपैयाँमा सीमित भएको छ । बुधबार २ सय १८ वटा कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । सबैभन्दा धेरै विकास बैंक उपसमूहको सूचक ३ दशमलव ४९ प्रतिशतले घटेको छ भने हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

तपाईको प्रतिक्रिया

Techie