नेपाल समूहका सबैलाइ माफी दिने ओलीको घोषणा

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि बाटो बिराएको माधव नेपाल समूहलाई माफी दिने बताएका छन । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकताका लागि यसअघि गरेका गल्तीलाई माफी दिने बताएका हुन । पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपरेको भन्दै ओलीले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गरे ।
ओलीले आफ्नो सरकारलाई जनादेशले नभई परमादेशले हटाएको बताए ।

तपाईको प्रतिक्रिया

Techie