नेपाल भारत सीमा केही दिनमा खुल्छ : पोखरेल

काठमाडौ । कोरोना संक्रमणका कारण बन्द नेपाल भारत सीमा केही दिनमा खुल्ने भएको छ । सर्लाहीको मलंगवामा आयोजित नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सो जानकारी दिएका हुन । पोखरेलले दुई देशका सीमानाका बन्द हुदा सीमा क्षेत्रका बासिन्दाले समस्या भोग्नु परेकाले सीमा खोल्न लागेको बताए ।
शहरी विकास मन्त्री प्रभु साहले प्रदेश नम्बर दुईको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताए । नेकपा दाहाल नेपाल समूहले लोकतन्त्र र संघियता धरापमा पारेको उनले आरोप लगाए ।
कार्यकर्ता भेलामा जिल्ला कार्य समिति सर्लाहीको तर्फबाट १ सय किलोको माला उपप्रधानमन्त्री ईश्वर पोखरेल र शहरी विकास मन्त्री प्रभु साहलाई लगाएर सम्मान प्रकट गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie