नेपाल बंगलादेश बैँकद्वारा कोरोना कोषमा १ करोड ४५ लाख सहयोग

काठमाडौं : नेपाल बंगलादेश बैंकले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय सरकारको करोना कोषमा एक करोड १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो भने सातवटै प्रदेशको उक्त कोषमा ५ लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यकालयका सचिव नारायण प्रसाद बिडारीलाई चेक हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको बैंकले जनाएको छ ।

बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नाराअनुसारको उद्देश्य प्राप्तिका लागि सामाजका हरेक वर्ग तथा सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैंकलको लक्ष्य रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie