नेपाल ट्रस्टको सम्पत्ति बारे आज सरकारले स्वेतपत्र सार्वजनिक गर्दै

काठमाडौं : सरकारले नेपाल ट्रस्टको सम्पत्ति विवरणबारे आज स्वेतपत्र सार्वजनिक गर्दैैछ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज पत्रकार सम्मेलन गरेर स्वेतपत्र सार्वजनिक गर्न लागेका हुन् ।

स्वेतपत्र सार्वजनिक गर्न दिउसो ३ बजे नेपाल पर्यटक बोर्डको हलमा पत्रकार सम्मेलन राखिएको छ । स्वेतपत्रमा गोकर्ण रिसोर्टको भाडा सम्झौता प्रकरणसहित नेपाल ट्रस्टको देशभर रहेको सम्पत्ति विवरण समावेश रहेको बुझिएको छ ।

स्वेतपत्रमा दरबारमार्ग र ताहाचल, मातातीर्थ र थानकोट लगायतका ठाँउको विवरण समेत समावेश रहेको बताइएको छ ।

सरकारले व्यापारिक समूह यति होल्डिङलाई लिज अवधि सकिनुअगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि विरोध हुँदै आएको छ । सो प्रकरणमा सरकारको आलोचना भएपछि मन्त्रीपरिषदको निर्णय अनुसार स्वेतपत्र सार्वजनिक हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

Techie