नेपाली सेनालाई पीपीइ तथा फस्ट एड किट हस्तान्तरण (भिडियो सहित)

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि दुई परोपकारी संस्थाहरुले नेपाली सेनालाई पीपीई तथा फस्ट एड किट हस्तान्तरण गरेका छन् । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले संयुक्त रुपमा सत्तरी थान पीपीई किट सेट र एक सय थान फस्ट एड किट्स प्रदान गरेका हुन् ।

वरिष्ठ कलाकार हरिबंश आचार्य, प्रराम्भ नेपाल कि अध्यक्ष कल्पना क्षेत्री, आनी छोयिंग डोल्मा फाउण्डेसनका अध्यक्ष आनी छोयिंग डोल्मा लगायतले सहयोग सामाग्री सेनाको रास्ट्रिय सेवा दलका निमित्त कार्यकारी महानिर्देशक सहायक रथी कृष्ण मुरारी न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

नेपालगञ्ज र वीरगञ्जमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उपलब्ध गराउने गरी स्वास्थ्य सामाग्री सेनालाई प्रदान गरिएको प्रारम्भ नेपालका निर्देशक बद्रीराज तिमल्सिनाले जानकारी दिए । यसअघि पनि दुबै संस्थाले देशका विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थालाई पीपीई लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइसकेको छ ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Techie