नेपाललाई जर्मनीले ४ अर्ब ८९ करोड अनुदान सहयोग गर्ने

काठमाडौं । जर्मनीले द्धिपक्षीय सहायताको निरन्तरतास्वरुप नेपाललाई चार अर्ब ८९ करोड रुपैयाँ (९३४.४ मिलियन युरो) प्रदान गर्ने घोषणा गरेको छ ।वित्तीय तथा प्राविधिक सहयोगस्वरुप चार अर्ब ८९ करोड अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमबार भर्चुअलरुपमा विकास सहायता सम्झौतामा हस्ताक्षर गरेको काठमाडौंस्थित जर्मनी दूतावासले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

 

https://www.facebook.com/GermanEmbassyNepal/posts/1124063821434183?__cft__[0]=AZXNKY8t8e_NaOHzpuhac38YYODPAxaE5LYDgZS8gZ8u5xHQzXDmceXr3RP503PRjqakUNuOgcXYd6KPE53LQSduTfyx2C8NSum8lRbr-OI7hh33ZwBjeZVabVoMzJ_KWEc98wdb-u-xuxhZ6Lk4dib8&__tn__=%2CO%2CP-R

तपाईको प्रतिक्रिया

Techie