नेपालमा पहिलोपटक आयो भारतिय निजी कम्पनीको रेल

आज वीरगञ्ज सुख्खा बन्दरगाहमा पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको हो। २०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो

भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर सामान बोकेर आज १० बजेट विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा ढुवानी सुरु गरेको हो । सम्झौता भएको करिब दुई महिनापछि निजी कम्पनीले सञ्चालन गरेको रेल नेपालमा सामान ढुवानी गर्न आइपुगेको बताइएको छ ।

भारत सरकारसँगको सम्झौतापछि निजी क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको थियो । योसँगै, भारत सरकारको विगत १७ वर्षदेखिको एकाधिकार तोडिनुका साथै अन्य निजी कम्पनीबीच प्रतिस्पर्धा हुने देखिएको छ । फलस्वरुप स् नेपाली आयातरनिर्यातकर्ताले सहजै वैदेशिक व्यापार गर्न सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie