नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौ । नेपालमा थप ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन । गएको २४ घण्टामा ११ हजार ५ सय ७५ वटा पीसीआर परीक्षण गर्दा थप ब्यक्तिमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । काठमाडौं उपत्यका थप १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना रहेका छन । योसँगै उपत्यकामा कोरोनाका कुल संक्रमितको संख्या १ हजार सात सय ५ पुगेको छ । अहिलेसम्म १७ हजार ७७ जना कोरोनामुक्त भएका छन । हिजो एकै दिन २ सय ४० जना कोरोनामुक्त भएर घर फर्केका छन । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ७ हजार ९ सय १३ जना संक्रमितको उपचार भैरहेको छ । हालसम्म कोरोना संक्रमण पहिचान गर्नका लागि ४ लाख ९४ हजार ६ सय १३ जनाबाट संकलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभरका क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना मानिस बसिरहेका छन । गएको २४ घण्टामा नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका ३० वर्षीय पुरुष, सिराहका ४० बर्षिय पुरुष, बाराका ५० र ६५ बर्षिय पुरुष रहेका छन । पछिल्ला आठ दिनमा मात्रै ३९ जनाले कोरोनावाट ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । योसँगै नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२१ श्रावण २०७७, बुधबार ०८:३४ २१ श्रावण २०७७, बुधबार ०८:३४

पर्सा :पर्सामा कोरोना…

१८ आश्विन २०७७, आईतवार १६:२६ १८ आश्विन २०७७, आईतवार १६:२६

काठमाडौं : नेपालमा…

२९ असार २०७७, सोमबार ०९:०१ २९ असार २०७७, सोमबार ०९:०१

तनहुँ : अविरल वर्षासँगै…

Techie