नेपालमा थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार नौ सय १२ पुग्यो

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।
विभिन्न अस्पतालमा गरी ४३ जना डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या ३ सय ३३ पुगेको छ । क्वारेन्टिन १ लाख ६६ हजार ७ सय ६५ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ५ सय ६८ जना रहेका छन् । हालसम्म ६८ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै आरडीटीबाट १ लाख ३२ हजार ९ सय ६६ जनाको परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie