नेपालमा थपिए ६४१ कोरोना संक्रमित, उपत्यकामा मात्र १७२ जना

काठमाडौं : नेपालमा थप ६ सय ४१ जना संक्रमित थपिएका छन । योसँगै संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । २४ घन्टामा १२ हजार २ सय ४७ परीक्षण पीसीआर विधिवाट परीक्षण गर्दा थप ब्यक्तिमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६ , ललितपुरमा ३८, भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७० पुगेको छ । त्यस्तै मोरङमा ९६ जना, सप्तरीमा ११, धनुषामा ३७, रौतहटमा १४ जनामा संक्रमण पुष्टि भएको छ । चितवनमा २७, कास्कीमा ११, रुपन्देहीमा ५८ र बाँकेमा १० जना संक्रमित थपिएका छन् । अहिले देशभरका अस्पतालहरुमा ९ हजार २ सय २१ जना संक्रमित आइसोलेसनमा रहेका छन । केही संक्रमित भने होम आइसोलेसनमा रहेका छन । पछिल्लो २४ घण्टामा थप १ सय ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ । मुलुकभरका क्वारेन्टिनमा १५ हजार दुई सय ४३ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोना संक्रमण परीक्षणका लागि पाँच लाख १७ हजार ९ सय जना वटा पीसीआर परीक्षण गरिएको छ । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साका एक पुरुष र मोरङ कि एक महिलाको संक्रमणका कारण मृत्यु भएको हो । यो वृद्धिसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । मृत्यु हुनेमा ८१ जना पुरुष छन् भने २३ जना महिला छन् । सबैभन्दा बढी प्रदेश २ मा ४५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie