नेपालमा थपिए २२४ कोरोना संक्रमित 

काठमाडौं । नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ७ सय ६८ पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँका ३२, ललितपुरका पाँच र भक्तपुरका एक जनामा कोरोना भाइरसको संक्रमण भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । पछिल्लो २४ घन्टामा १ सय ५१ डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ । कोरोनमुक्त हुनेको संख्या ७२ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभर आइसोलेसनमा पाँच हजार तीन सय १६ जना संक्रमितको उपचार भैरहेको छ । क्वारेन्टिनमा बस्नेहरुको संख्या १२ हजार एक सय ११ रहेको छ । अहिलेसम्म कोरोना परीक्षणका लागि देशभर ३ लाख ७५ हजार ४ सय १६ वटा पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा थप चारजनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुष, वीरगञ्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु आज विहान मृत्यु भएको छ । मृतक महिला ललितपुर थसिखेल कि बासिन्दा हुन । वीरगञ्जवाट फर्केपछि उनीमा कोरोना संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie