काठमाडौं : नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको मन्त्रालयले बताएको छ ।
कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।