नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं : नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । बुधबार साँझ कैलालीको गोदावरी नगरपालिका १ का ४६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ पुगेको हो । शनिवार रातिदेखि सेती अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि बुधवारै कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको बुधबार बिहान मृत्यु भएको हो ।

सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएकोमा बुधबार साँझ त्यसको रिपोर्ट आउँदा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

बुधबार नै नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा मृत्यु भएकी बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

६ श्रावण २०७७, मंगलवार १६:१३ ६ श्रावण २०७७, मंगलवार १६:१३

काठमाडौ ।पृथ्वी…

२६ बैशाख २०७७, शुक्रबार १७:०८ २६ बैशाख २०७७, शुक्रबार १७:०८

संघीय संसदको छैठौँ…

५ जेष्ठ २०७७, सोमबार १९:४३ ५ जेष्ठ २०७७, सोमबार १९:४३

काठमाडौं : सरकारले…

Techie