नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा

काठमाडौं:  नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी शनिवार विहान ७ बजेदेखि शुरु हुने छैठौं म्याराथनको प्रतिस्पर्धामा भाग लिने खेलाडी नेपालगन्ज आइसकेका छन् । यसपटक इभेन्ट घटाएर पुरुष खुला, महिलाको हाफ म्याराथन र ३ किलोमीटरको कर्पोरेट म्याराथन मात्र समाबेश गरिएको आयोजक क्रियटिभ हयाण्डले जनाएको छ । पुरुष म्याराथनमा १३ औं सागमा स्वर्ण पदक बिजेता किरण सिंह बोगटी, गत वर्षका विजेता नवराज साउद, सागकै स्वर्ण विजेता गोपि पार्किलगायत २० भन्दा बढीले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै महिलातर्फ १० जना बढीले भाग लिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Techie