नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं : नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । यसअघि आजै नेपालगञ्जमा ९ जना र वीरगञ्जमा १ जना गरी १० जनामा कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie