नेपालका पहिलो छायाँकार मास्केको निधनप्रति मिडिया एलाईन्सद्वारा दुःख व्यक्त

काठमाडौं : नेपालको पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधनप्रति मिडिया एलाईन्स नेपालले दुःख व्यक्त गरेको छ । एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले आज एक शोक वक्तब्य प्रकाशित गर्दै मास्केको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा मास्केको निधनले नेपालको छायाङ्कन तथा चलचित्र क्षेत्रमा वरिष्ठ सर्जक गुमाएको र सो क्षेत्रलाइ अपुरणीय क्षति पुगेको उल्लेख छ ।

अध्यक्ष राजकर्णिकारले शोक सन्तव्त परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् । ८३ वर्षीय मास्केको कोरोना संक्रमण पुष्टि भएपछि उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए ।

मास्केले परिवर्तन, मनको बाँध, हिजो आज भोलि लगायत दुई दर्जन भन्दा बढी चलचित्रको छायाँकन गरेका छन् । उनले झण्डै ६ दशक निरन्तर चलचित्र क्षेत्रमा काम गरेका थिए ।

No description available.

तपाईको प्रतिक्रिया

Techie