नेपालको पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन

काठमाडौं:  नेपालको पहिलो छायाँकार बैकुण्ठमान मास्केको कोरोना संक्रमणपछि निधन भएको छ । ८३ वर्षीय मास्के मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए । मृगौलाको डायलसिस गराउँदै आएका उनमा गत आइतबार कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । उपचारको क्रममा ललितपुर पुल्चोकस्थित् निदान अस्पतालमा मास्केको निधन भएको हो । मास्केले परिवर्तन, मनको बाँध, हिजो आज भोलि लगायत दुई दर्जन भन्दा बढी चलचित्रको छायाँकन गरेका छन । उनले झण्डै ६ दशक निरन्तर चलचित्र क्षेत्रमा काम गरेका थिए । उनका श्रीमती र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया

Techie