नेत्रविक्रम चन्द समूहका नेता धर्मेन्द्र वाँस्तोला पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता धर्मेन्द्र वाँस्तोलालाई पक्राउ गरेको छ । उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको बुझिएको छ । बुधबार त्यस क्षेत्रमा गरेको अप्रेसनमा हालसम्म तीन नेता पक्राउ गरिसकिएको र अप्रेसन जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका वास्तोला विप्लव समूहका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख हुन् । पक्राउ परेका अन्य नेताहरुको नाम भने खुलाइएको छैन । राजधानीमा लक्षित गरी विप्लव समूहले गतिविधि बढाइरहेको सूचनापछि प्रहरीले सो समूहलाई लक्षित गरेर अप्रेसन सुरु गरेको हो ।।

तपाईको प्रतिक्रिया

Techie