नेतृत्वको कमजोरीका कारण पार्टी र नेतृत्वमाथि खुइल्याउने क्रम सुरु : पोखरेल

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेतृत्वको कमजोरीका कारण पार्टी र नेतृत्वमाथि खुइल्याउने क्रम सुरु हुने बताएका छन् । शनिबार चितवनको राप्ती नगर कमिटीको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार भएको घटनाप्रति संकेत गर्दै फेसबुकमा मुख्यमन्त्री पोखरेलले यस्तो प्रतिक्रिया जनाएका हुन । उनले नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाएपछि माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुने समेत उल्लेख गरेका छन ।

तपाईको प्रतिक्रिया

Techie