नेचर सुपर मार्केटको परिवार सदस्य योजना सुरु

काठमाण्डौ- नेचर सुपर मार्केटले बिशेष छुट योजना ल्याएको छ ।
उपभोक्ताको सुबिधाका लागि सुपर मार्केटले परिवार सदस्य योजना ल्याएको हो । योजना अन्र्तगत उपभोक्तलाई खाद्यान्न, ग्रोसरी लगायत बिभिन्न उपभोग्य सामग्रीमा छुटको ब्यवस्था हुनेछ । साथै बार्षिक ग्राहकका लागि बिशेष छुटको ब्यबस्था पनि गरेको छ ।
गत कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले नरेफाँटमा समेत शाखा सञ्चालनमा ल्याई सकेको छ । ५ बर्षमा उपत्यका भित्र ५० बटा शाखा बिस्तार गर्ने सुपर मार्केटको लक्ष्य छ । बिभिन्न व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपर मार्केट सञ्चालनमा आएको हो ।

तपाईको प्रतिक्रिया

Techie