नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक करिब एक घण्टा बसेर स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । आजको स्थायी कमिटी बैठकमा ५ जना सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले आजपनि हिजोकै एजेण्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रित रहेर छलफल चलेको श्रेष्ठले जानकारी दिए । यसअघि मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी कमिटी सदस्यले ओलीको राजीनामा माग गरेका थिए ।

स्थायी कमिटीका अधिकांश सदस्यले आफ्नो राजिनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुहरुसँग छलफल गरेका थिए । स्थायी कमिटीको अर्काे बैठक भोलि बिहान ११ बजेको लागि तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१५ जेष्ठ २०७७, बिहीबार १८:३३ १५ जेष्ठ २०७७, बिहीबार १८:३३

काठमाडौं : सरकारले…

८ असार २०७७, सोमबार १८:२८ ८ असार २०७७, सोमबार १८:२८

काठमाडौं ।पाल्पाको…

२१ बैशाख २०७७, आईतवार ०८:५९ २१ बैशाख २०७७, आईतवार ०८:५९

काठमाडौं : विश्वभर…

Techie