नेकपा सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभा सदस्य चयनमा देखिएको विवादमा सहमति खोजिने

काठमाडौं : पार्टीभित्र देखिएको पछिल्लो विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे एघार बजेपछि हुने बैठक राष्ट्रिय सभा सदस्य मनोनयनमा पार्टीभित्र देखिएको विवाद समाधानमा केन्द्रित हुनेछ ।

फागुन दश गतेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेपनि त्यसको कार्यान्वयनमा प्रधानमन्त्री केपी ओलीले आनाकानी गर्दै आएका छन् । उनले वर्तमान अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई नै निरन्तरता दिने बताउदै आएका छन् ।

त्यसयता पार्टीभित्र ओली र ओली इतर समूहका रुपमा नेताहरुका बीच मोर्चाबन्दी सुरु भएको छ । प्रधानमन्त्री निकट नेता र अर्का अध्यक्ष पुष्पकमल निकट नेताहरुले पटक पटक छलफल गरेपनि सहमति जुटन सकेको छैन । प

छिल्लो समय अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने र गौतमलाई राष्ट्रिय सभामा लैजाने विकल्पबारेपनि छलफल भैरहेको छ ।

तपाईको प्रतिक्रिया

Techie