नेकपा संकटको समाधान स्थायी कमिटीबाट

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सम्पन्न भएको छ ।

नेकपा बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रस्तावमाथि छलफल भएको छ ।

छलफल निष्कर्षमा नपुगेपछि थप छलफल स्थायी कमिटीमा गर्नेगरी बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘अब उक्त बैठकमै पार्टीको संकट त्यसको निवारण र निकासको सम्बन्धमा छलफल हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा पार्टीमा अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु प्रस्तुत हुन्छन् ।’ नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।

यसअघि १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक सचिवालय बैठक लम्बिएपछि २१ गतेका लागि सारिएको थियो । स्थायी कमिटी बैठक लगत्तै मंसिर २५ गतेदेखि केन्द्रीय समिति बैठक बोलाइएको छ।

तपाईको प्रतिक्रिया

Techie