नेकपा कुनै पनि हालमा फुट्दैन : भीम रावल

कैलाली । नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नेकपा कुनै पनि हालमा नफुट्ने बताएका छन । प्रेस संगठन नेपाल कैलालीले गरेको पत्रकार भेटमा उनले कसैले फुट्यो भन्दैमा फुट्ने जुट्यो भन्दैमा जुट्ने कमजोर आकारको पार्टी नेकपा नभएको बताएका हुन । नेता रावलले पार्टीभित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आ–आफ्नो कुरा मात्रै अगाडि सारेर बाँकीलाई बेवास्ता गर्दा समस्या आएको बताए ।
सुदुरपश्चिम इन्चार्ज समेत रहेका नेता रावलले सरकारले कोरोना संक्रमण नियन्त्रण र नक्सा जारी भएपछि भारतसँग वार्ता गर्ने कुरामा चासो नदिएको गुनासो गरे । सिमा क्षेत्रका बारे सरकारले भारत सँग सार्थक बार्ता गर्न आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie