नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति भवनमा अपरान्ह बैठक बस्न लागेको हो । सोमबारदेखि जारी बैठकमा प्रदेशको पार्टी अवस्थाबारे सम्बन्धित नेताहरूले जानकारी गराउने, सर्वोच्चको फैसलाप्रति पार्टीको दृष्टिकोण, ओली नेतृत्वको सरकारले गरेका कामको समीक्षा गर्ने साथै आगामी दिनमा राजनीतिक र सांगठानिक काममा पार्टीको भूमिकाबारे पनि छलफलको मुख्य एजेण्डा रहेका छन । बुधबारको बैठकले चार विशेष प्रस्ताव पारित गरेको थियो ।

बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको हो । फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको छ । ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको निस्कर्ष पनि बैठकको छ । बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् ।

पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie