सिरहा : सिरहाका नेकपाका नेता सुवर्ण यादवलाई लक्षित गरी बम प्रहार भएको छ । पूर्वगाविस अध्यक्षसमेत रहेका यादवमाथि गएराति बम प्रहार भएको हो ।
औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका बेला यादवमाथि लक्षित गरी अज्ञात समूहले बम प्रहार गरेको प्रहरीले जनाएको छ ।
शरिरमा बमको छर्रा लागेका यादवको सिरहा सदरमुकाममा उपचार भैरहेको छ । बम प्रहार वारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।