नेकपाका दुवै अध्यक्षद्धारा केन्द्रीय समितिको समानान्तर बैठक आह्वान

सत्तारुढ नेकपाका दुई अध्यक्षको नेतृत्वमा रहेका दुवै पक्षले मंगलबार केन्द्रीय समितिका समानान्तर बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान नौ बजे केन्द्रिय समितिको बैठक बोलाएका हुन । त्यसैगरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दिउसो एक बजे कार्की ब्यांक्वेट बबरमहल काठमाडौमा केन्द्रिय समिति बैठक बोलाएका हुन । नेपाल पक्षले ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रिय समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयवाटै दुई अध्यक्षका लागि दुई जना कर्मचारीले छुट्टाछुट्टै बैठकका लागि निम्ता गरेको केन्द्रिय सदस्यहरुले बताएका छन । प्रतिनिधि सभा विघटन सम्बन्धी प्रधानमन्त्रीको निर्णयले नेकपा विवाद उत्कर्षमा पुगेको छ । दुबैतर्फको बैठकले नेकपा विभाजन नजिक पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie