नेकपाका अध्यक्षद्धोयको कुरा मिलेन, छलफल बिना निष्कर्ष टुंगियो

काठमाडौ । पार्टी भित्रको आन्तरिक विवाद टुंगो लगाउन बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु छलफल बिना निष्कर्ष टुंगिएको छ। ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धोय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए । अध्यक्ष दाहाल र नेपालले अर्का अध्यक्ष ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे पछि छलफल अघि नबढेको हो ।
बालुवाटार जानुपहिला नेपालसहित ६ जना सचिवालय सदस्य प्रचण्ड निवास खुमालटारमा भेला भएका थिए।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको पार्टी अध्यक्षसहित दुबै पदबाट राजीनामा माग भएपछि जारी विवाद अहिलेसम्म सुल्झिएको छैन्।  दुई अध्यक्षबीच यस विषयमा थुप्रै पटक भएका छलफलमा दुबै आआफ्नो अडानमा अडिग रहेपछि विवाद मिल्न नसकेको हो।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

७ असार २०७७, आईतवार १८:२८ ७ असार २०७७, आईतवार १८:२८

काठमाडौ । विद्यालय…

१३ श्रावण २०७७, मंगलवार १६:१९ १३ श्रावण २०७७, मंगलवार १६:१९

काठमाडौं : मंगलबार…

१३ श्रावण २०७७, मंगलवार ११:४८ १३ श्रावण २०७७, मंगलवार ११:४८

काठमाडौं : नेपाल…

Techie