निषेधाज्ञा: सर्लाहीमा एक हप्तासम्म जारी, बाँकेमा थप ४ दिन लम्बियो

काठमाडौ । कोराना भाइरस संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि सर्लाही जिल्लामा एक हफ्तासम्म निषेधाज्ञा जारी गरिएको छ । अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको छ । कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा बुधबार बिहान ६ बजेदेखि २७ गते राति १२ बजे सम्मका लागि रोक लगाउने निर्णय भएको हो ।

उता बाँकेमा जारी निषेधाज्ञा शनिबारसम्मका लागि लम्ब्याइएको छ । जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले आइतबारदेखि जारी निषेधाज्ञा थप ४ दिन लम्ब्याएको हो ।पछिल्ला समय बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेको छ ।

तपाईको प्रतिक्रिया

Techie