निषेधाज्ञा खुकुलो भएसंगै कोरोनासंक्रमण बढ्यो: स्वास्थ्य मन्त्रालय

  तेस्रो लहर शुरु हुन सक्ने भन्द तयारी अवस्थामा रहन निदेर्शन

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निदेर्शन दिएको छ । । निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यको मापदण्ड उल्लंघन भएकाले संक्रमण बढेको मन्त्रालयको ठहर छ । खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढेका मन्चालयको भनाई छ । १० जिल्लामा ५ सय भन्दा बढी र २६ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

Techie