निषेधाज्ञाका कारण उपत्यकामा बैंकिङ सेवा प्रवाहमा समस्या

काठमाडौं : उपत्यकामा निषेधाज्ञाका कारण बैंकहरुको सेवा प्रवाहमा समेत समस्या देखिएको छ । प्रहरीले अनावश्यक घर बाहिर निस्किने सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुलाई समेत बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो ।

सरकारले बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न प्रशासनले भनेपछि बिहीबार त्यसको कार्यान्वयन हुन सकेन । बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको बैंकर्स संघले जनाएको छ ।

मुख्य कार्यालयमा बढीमा १० प्रतिशत कर्मचारीले सेवा दिने र सिमित ठाउँमा मात्रै शाखाहरु खोल्ने सहमति भएपनि प्रहरीले बाटोमै कर्मचारी रोकेपछि सेवा नै दिन सक्ने अवस्था नभएको संघले जनाएको छ । कर्मचारीहरु बाटोमा रोकिएपछि बैंकहरुको सेवा प्रवाहमा समस्या देखिएको छ । बैंकहरुले मुख्य गेट नै बन्द गरेका छन् । जसका कारण ग्राहकहरु गेट बाहिर उभिएका छन् । सिमित मात्रामा मात्रै बैंकका शाखाहरु खुला हुने सूचना पाएका ग्राहकहरु टाढा टाढाबाट आएर बैंकका गेट बाहिर उभिएर बस्न बाध्य भएका छन् ।

काठमाडौंमा ५ वटा शाखामात्रै खुला हुने जानकारी पाएपछिसबैभन्दा नजिक पर्ने मुख्य कार्यालयमा पुगेपनि सेवाग्राही कर्मचारी नहुँदा समस्यामा परेका थिए । बैंकले कर्मचारीहरुलाई बाटोमै रोकेका कारण कार्यालयहरु बन्द भएको जानकारी गराएका छन् । प्रशासनसँग काठमाडौं जिल्लामा ५, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्नदिने सहमति भएपनि सो ब्यवस्था कार्यान्पयन नभएको संघको भनाइ छ । प्रहरीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई होल्डिङ सेन्टरमा राखेपछि बैंकका कर्मचारी कार्यालय जान नपाएका हुन ।

तपाईको प्रतिक्रिया

Techie