निलो आवरणमा कालो धन्दा, अग्रवाललाई बचाउन उच्च तहबाटै चलखेल, हेर्नुहोस् भिडियो

काठमाडौं : सुलभ अग्रवालको कालो धन्दाको पर्दाफास भएसँगै उनलाई छुटाउन मन्त्रीदेखि उच्च तह सक्रिय बन्न थालेका छन् । विभिन्न क्षेत्रबाट लगातार दबाब परेपछि अग्रवालमाथिको अनुसन्धानमा ढिलाइ हुँदै आएको छ ।

हेर्नुहोस् भिडियो :

‘म बनाउँछु मेरो देश बलीयो’ भन्दै विज्ञापन बजाउने जगदम्बा सिमेन्ट र जगदम्बा छड तथा युनीयन लाईफ इन्सुरेन्स र दर्जनौं कम्पनीका मालिक सुलभ अग्रवालले कूटनीतिक नियोगको निलो नम्बर प्लेटको गाडीमा ज्वरो नाप्ने थर्मल गनको कालो धन्दा गरिरहेकै अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला प्रसाशनले तेस्रो पटक १० दिन म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेकोे छ । कालोबजारी सुलभ अग्रवाल लाई छुटाउन स्वयम राज्य मन्त्री मोतीलाल दुगड हात धोएर लागी परेका खबर सार्वजनीक भइरहेका छन् । गृहमन्त्री, प्रधानमन्त्री र सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई समेतलाई हारगुहार गरिएको छ ।

अग्रवालमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला राज्य मन्त्री दुगड लगायतको समूहले उनलाई सामान्य धरौटीमा रिहा गराउन लागि परेका पर्याप्त सूचना सार्वजनिक भएका छन् ।

यो कुराको पुष्टि सत्तारुढ दलकै नेता भीम रावलले गरेका छन् । कालोबजारी गर्ने व्यक्तिलाई छुटाउन खोज्ने राज्यमन्त्रीलाई पदबाटै बर्खास्त गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । राज्य मन्त्रीको यस्तो कार्यको कानून विदहरुले समेत आपत्ती जनाएका छन् ।

उनले ५ करोड लगानी गरेर २० हजार थान र्थमल गन नेपाल भित्र्याका थिए । तर भन्सारमा १२ सय थानको मात्रै भन्सार बुझाएका थिए । ३५ सय पर्ने र्थमल गन उनले भनेकै मुल्य १५ हजारमा बेच्न पाएका भए २५ करोड कुम्ल्याउँथे ।

तर अग्रवालको कालो धन्दाको पछाडि किर्गीस्तान दूतावासको निलो नम्बर प्लेटको कुटनितीक नियोगको गाडी र त्यस भित्रको कालो धन्दा पर्दाफास भएको थियो । यसरी कालोबजारी गर्दै हिड्ने अग्रवाललाई छोड्न नहुने र कारवाही गर्नु पर्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले अग्रवाललाई नाटकीय ढंगले पक्राउ गरेको थियो । तर, त्यसयता उच्च तहबाट लगातार दबाब आइरहेपछि अग्रवालमाथिको अनुसन्धानमा अलमल हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie