निर्वाचन प्रणाली र शासकीय स्वरुपमा संविधान संशोधन गर्न अध्यक्ष दाहालको माग

दबाबका लागि आवश्यक परे सडकमा उत्रिने चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रणाली र शासकीय स्वरुप लगायतका बिषयमा संविधान संशोधन गर्नुपर्ने माग गरेका छन् । बुधबार नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफुहरुले राखेको फरक मत सम्वोधनका लागि संविधान संशोधन गर्नुपर्ने माग गरेका हुन् । उनले संविधानमा भएका विकृत वुर्जुवा व्यवस्थालाई परिर्वतन गर्न आवश्यक परे सडकमा निस्कनुपर्ने अवस्था आउने चेतावनी समेत दिए ।
अध्यक्ष दाहालले नेपालको राष्ट्रिय स्वाधिनता बाहेक संविधानमा रहेका अन्य बिषयलाई आवश्यक संशोधन गर्न सकिने बताए । उनले पार्टीमा पार्टीगत हित भन्दा पनि व्यक्तिगत स्वार्थका लागि गुट बनाउने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता समेत जनाए । पार्टी पुनः निर्माणको महान अभियानतिर जान खोजेको र अब जनतामा गएर माफी माग्दै नयाँ ढंगले पार्टीलाई अघि बढाउनुपर्ने बेला आएको उनको भनाइ छ ।
कार्यक्रममा माओवादी आन्दोलनमा स्वर्गीय बोगटीले पु¥याएको योगदानको चर्चा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie