निर्वाचन आयोगमा कर्मचारीको सरुवा, ओलीका विश्वास पात्र बने कानुन शाखाको प्रमुख

काठमाडौं:  नेकपाको नाम र चुनाव चिन्ह टुंग्याउने विषयमा निर्वाचन आयोग सरकारको प्रभावमा पर्न सक्ने चिन्ता व्यक्त गरिँदै गर्दा विवादको छिनोफानो गर्न महत्वपूर्ण भूमिका हुने आयोगका एक कर्मचारीको गुपचुप सरुवा गरिएको छ । आयोगका कानुन महाशाखा प्रमुख तथा सहसचिव लक्ष्मीप्रसाद गौतमसहित अन्य प्राविधिकहरुको पनि सरुवा गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगको कानुन महाशाखाले राजनीतिक दलसम्बन्धी विवादको छानबिन गर्छ । सहसचिव गौतमलाई मंगलबार आयोगबाट सरुवा गरेर उनको स्थानमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई ल्याइएको छ । गृह मन्त्रालयको कानुन सहसचिव रहेका सापकोटा प्रधानमन्त्रीको पक्षमा खुलेर वकालत गर्ने सहसचिव हुन् । गृह मन्त्रालय स्रोतका अनुसार उनी ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमको समेत समर्थक हुन् ।

तपाईको प्रतिक्रिया

Techie