निर्वाचनको सम्बन्धमा दलका नेतासँग निर्वाचन आयोगको छलफल

घोषित मितिमा आयोगले निर्वाचन गर्नै नसक्ने नेता पाण्डेको दाबी

काठमाडौ । निर्वाचन आयोगले सरकारले तोकेको बैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानिय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा छलफल गरेको हो । छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसुचित गराईदिन पनि आग्रह गरेको छ ।
छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल नेपाल समूहका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले भनेजस्तो निर्वाचन तयारीमा आफुहरु नलाग्ने बताएका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आग्रह गर्दै वैशाखमा आयोगले निर्वाचन गर्नै नसक्ने दाबी गरे
नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगको तयारीको पक्षमा आफुहरु रहेको बताए । निर्वाचन आयोग कुनैपनि समय चुनाव गराउन तयार रहनुपर्ने भन्दै नेता ढुंगानाले संसद पुर्नस्थापना भएमा त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए पनि केहि फरक नपर्ने उनको भनाइ छ ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।।

तपाईको प्रतिक्रिया

Techie