निर्देशक चेतन कार्कीको निधन

काठमाडौं – नेपाली चलचित्रका सफल निर्देशक, लेखक, कवि, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ ।

८४ वर्षीय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान १० : ४५ मा निधन भएको । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो ।

उनको निधनमा चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए । निर्देशक तथा कलाकार निर शाहले नेपाली चलचित्रका एक जिउँदो इतिहासलाई गुमाउनु परेको उल्लेख गरेका छन् ।

यस्तै, नायिका करिश्मा मानन्धरले चेतन कार्की आफ्नो लागि वास्तविक हिरो भएको उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

Techie