नियम उलंघन गर्ने सवारी साधनलाई ट्राफिक सर्भिलेन्स भेइकलले निगरानी गर्ने

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन गर्ने भएको छ । ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई जुनसुकै बेला र जहा पनि ट्राफिक सर्भिलेन्स भेहिकलमार्फत निगरानी गरिने महाशाखाले जनाएको छ । महाशाखाले ट्राफिक नियम उलग्घन गर्नेलाई कारवाही गर्ने क्रममा गलत काम गर्ने प्रहरीलाई पनि कारवाहीको दायरामा ल्याइने जनाएको छ ।
ट्राफिक प्रहरीले प्रयोगमा ल्याउन लागेको भ्यानको अग्रभागमा ४ वटा सिसिटीभि क्यामेरा जडान गरिएको छ । सो क्यामेराले दुई सय मिटर अगाडीसम्मको दृश्यलाई कैद गर्न सक्नेछ । भ्यानभित्रै सञ्चार सेट, कम्प्युटर, प्राथमिक उपचारका साधन समेत राखिएका छन । यसैविच महाशाखाले घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई सम्मान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie