निजी अस्पताल र स्वास्थ्य संस्था बन्द हुँदा सर्लाहीका बिरामी मारमा

लकडाउनको समयमा पनि स्वास्थ्य संस्था खुल्ला हुनुपर्ने भएपनि सर्लाहीमा अधिकांश बन्द छन । निजी अस्पताल र स्वास्थ्य संस्था बन्द हुँदा विरामीहरु औषधि उपचारवाट समेत बन्चित हुन थालेका छन । खुलेका स्वास्थ्य संस्थामा पनि उपचार सेवा नपाएको विरामी र आफन्तको गुनासो छ ।

निजि अस्पताल बन्द भएपछि महंगो क्लिनिकमा गएर उपचार गराउनुपर्ने बाध्यता समेत देखिएको छ । केही चिकित्सक भने असमान्य परिस्थिती भएकाले सकेसम्म विरामीको सेवा गरेको बताउछन् ।

स्वास्थ्यकर्मीहरुले भने अत्यावश्यक सुरक्षा सामाग्री नहुँदा विरामीको उपचारमा समस्या भएको बताएका छन । उपचार सेवा दिइरहेका स्वास्थ्य संस्थाले भने सामाजिक दुरीलाई पालना गरिरहेको दावी गरेका छन ।

तपाईको प्रतिक्रिया

Techie