नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

काठमाडौं : पश्चिमी नवलपरासीको सुस्ता गाउँपालिका–५ ठाडिघाटस्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । ईटा बोकेर सुस्तातर्फ जाँदै गरेको डुङ्गा पल्टिँदा भारत उत्तर प्रदेशको महराजगन्जका २८ वर्षीय सतरु मुसहर बेपत्ता भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी राजु लामाका अनुसार डुङ्गामा रहेका बाँकी ६ जना भने पौडेर सकुशल बाहिर निस्किएका थिए । डुङ्गा सुस्तास्थित जनता आवासकोे भवन निर्माणका लागि ठाडिघाटबाट ईटा बोकेर जाने क्रममा दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया

Techie