नाटक ‘मितज्यु’ अनलाइनमा रिलिज हुँदै

काठमाडौं- ‘मितेरी’ साइनोको कथा बोकेको ‘मितज्यू’ नाटक आज बाट युट्युब च्यानल मार्फत नाट्य प्रेमी दर्शकले हेर्न पाउने छन् l

नाटक ७ वर्षअघि मण्डलामै मञ्चन भैसकेको हो l तर पुन : यो नाटकलाई अभिनेता दयाह्याङ राईले आफ्नै निर्देशनमा मञ्चन गर्न लागेका हुन् lनाटक घरमै प्रदर्शन गर्ने तयारी रहेता पनि कोरोना महामारीले गर्दा नाटक अनामनगर स्थित मण्डला नाटक घरमा प्रदर्शनमा आउन सकेन l

सोही कारण पनि नाटकलाई  अनलाइन प्लेटफर्ममा प्रस्तुत गर्न लागिएको हो l मण्डला थिएटरको आधिकारिक युट्युब च्यानलमा साँझ ५ बजे नाटक रिलिज हुँदै छ ।यस नाटकमा बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा,अंकित खड्का, उमेश तामाङ, अनुप न्यौपाने लगायतको अभिनय रहेको छ l नाटक मार्फत नेपाली संस्कृतिमा रहेको मितेरी साइनोको अन्तरकुन्तरका कथा प्रस्तुत गरिएको छ।

नाटकलाई सोमनाथ खनालले लेखेका हुन् भने उक्त नाटक दुई जना बृद्धाको ‘फ्लाशब्याक’ लाई समेटिएको कथामा आधारित छ।

तपाईको प्रतिक्रिया

Techie