नागरिक अझै कोरोना संक्रमणबारे सचेत छैनन्

काठमाडौ । पछिल्ला दिनहरुमा देशभरीनै कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु बढ्दै गइरहेका छन् । नागरिक स्वयम् संक्रमणबारे सचेत नभइ लापरवाही गर्दा सङ्क्रमित संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । नागरिक आफै साबधान नहुँदा , माक्सको प्रयोग उचित तबरले नगर्दा पनि संक्रमण फैलिरहेको छ ।

कोरोनाको सङ्क्रमण रोक्न सरकारको मात्रै प्रयासले पुग्दैन, सबै नागरिक पनि सचेत हुनुपर्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोनाबाट बच्न करीब ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । त्यसमा पनि ६२ प्रतिशतले मात्रै सही तरिकाले लगाउँछन् । कोरोनाबाट बच्न आमसमुदाय चनाखो हुनुपर्ने र आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउँछन् ।

परिषद्का सदस्य सचिव प्रा डा प्रदीप ज्ञवालीका अनुसार मास्क नलगाउनेको सङ्ख्या झण्डै २८ प्रतिशत छ । मास्कको बेवास्ता गरी लगाउनेको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत पाइए । काठमाडौँ उपत्यकाका २३ सार्वजनिकस्थल तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा उक्त अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie