नागरिकता विधेयक विरुद्ध जसपाका नेताहरु सडकमा (हेर्नुहोस् तस्बिरमा)

काठमाडौ । नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टीले प्रदर्शन गरेको छ । जसपाका शीर्ष नेताहरु नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् । विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ । माइतीघरबाट बाजागाजासहित बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा उनीहरुले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा समेत लगाएका थिए । प्रदर्शनमा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस् तस्बिर

 

तस्बिर: नबिन श्रेष्ठ

तपाईको प्रतिक्रिया

Techie