नागढुंगामा सवारी साधनलाई सानिटाइज गरेर मात्र काठमाडौ प्रवेश गर्न दिइने

काठमाडौं कोरोनाको महामारीलाई थप फैलिन नदिन सरकारले देशैभर लकडाउनको घोषणा गरेको छ । तर, सरकारले घोषणा गरेको लकडाउन अझै प्रभावकारी बन्न सकेको छैन । राजधानी काठमाडौबाट ठुलो संख्यामा मानिसहरु बाहिरिने क्रम जारी नै छ । यसैगरी विभिन्न जिल्लाबाट काठमाडौ भित्रिने क्रम पनि रोकिएको छैन । अत्यावस्यक सेवा सुचारु रहेकाले पनि सबै सवारी साधन रोकिन सम्भव नभएको बेला चन्द्रागिरी नगरपालिकाले काठमाडौ भित्रिने मुख्य नाका नागढुंगामा सवारी साधनलाई सानिटाइज गरेर मात्र प्रवेश गर्न दिने भएको छ ।

यसैगरी राजधानी भित्रिने यात्रुहरुको सामान्य स्वास्थ्य परिक्षण समेत शुरु गरिएको छ ।कोरोनाको महामारीलाई थप फैलिन नदिन सतर्कता अपनाइएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ ।सवारी साधानलाई सानिटाइज गरेर मात्र भित्रिने प्रवेृश गर्न दिने प्रावधान आजै रातीबाट लागू हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Techie