नागढुंगाबाट भित्रिने सबारी साधन डिसइन्फेक्सन गरेर मात्र उपत्यका प्रबेश गराइने (भिडियो सहित)

काठमाडौ । चन्द्रागिरी नगरपालिका–दुईस्थित नागढुंगा नाकामा आजवाट ‘डिसइन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । नगरप्रमुख घनश्याम गिरीले टनेलमा जडान गरेको स्विच थिचेर टनेलको उदघाटन गरेका हुन । उदघाटनसँगै आजैवाट ‘डिसइन्फेक्सन टनेल’बाट सवारी साधनलाई प्रवेश गराइएको छ ।
चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरीले काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीलाई निसंक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको जानकारी दिए ।
तीन महिनासम्म टनेलका लागि चाहिने आवश्यक केमिकल, पानी, आवश्यक जनशक्ति, विद्युत सडक लाइटको व्यवस्थापन भैसकेको नगरपालिकाले जानकारी दिएको छ । टनेल निर्माणमा सहयोग गरेको सुन्दर यातायात प्रालिका अनुसार फर्पिङ नाकामा पनि टनेल निर्माणको योजना रहेको छ ।
सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो । चन्द्रागिरि नगरपालिकाले टनेलका लागि स्थान,पानीको व्यवस्थापन सुरक्षाको प्रबन्ध मिलाएको छ ।

हेनुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Techie