नविनले निर्देशन गरेकाे ‘चाहाना’ सार्बजनिक (भिडियो)

काठमाडौं- नविन न्यौपानेले निर्देशन गरेकाे ‘चाहाना’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । लामो समयदेखि कला क्षेत्रमा आवद्ध भएका नविनले चाहानामा आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरेका छन्।

सेलिना श्रेष्ठको शब्द, संगीत तथा स्वरमा रहेको  म्यूजिक भिडियो राम्रो बनाउनको लागी आफूले अत्यधिक मेहनत गर्नुपरेको उनले बताए । ‘यसमा मेरो मात्रै नभएर भिडियो निर्माणमा काम गर्ने सबै मेम्बरको उत्तिकै भूमिका छ’, उनले भने।

भिडियो राम्रो हुनुमा सबै जस उनले टिम मेम्बरलाई दिन्छन्। न्यौपानेले प्रेम कथालाई भिडियोको बिषयवस्तु बनाएका छन्। भिडिओमा कसरी केही मान्छेको कारणले गर्दा प्रेम विछोड हुन्छ भन्ने कुरालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा स्वयं आफैँले अभिनय गरेका नबिनले निर्देशन गर्नु जटिल कार्य रहेका बताउँछन्। अझ निर्देशनसँगै अभिनय पनि गर्नु चुनौतीको कुरा रहेको उनको भनाई छ।

उनले लघु चलचित्र, ठुलो पर्दाका चलचित्र, लगायत अन्य म्यूजिक भिडियोमा धेरै काम गरिसकेका छन्। हालसालै मात्र सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा बस्न कोइरालाको छायांकन तथा युगराज खड्काको सम्पादन रहेको छ। अभिनयमा नविनलाई दिपिका थापा मगरले साथ दिएकी छिन्। भिडियोको सहायक निर्देशनमा निकिता गुरुङ र मिरा गुरुङ रहेका छन्। त्यसैगरी प्रोडक्शनमा जिवनजँग थापा र प्रकाश भट्टराई रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

Techie