नवलपरासीको रामग्राम नगरपालिकाद्वारा राहतमा कुहिएको चामल वितरण

 

नवलपरासीको रामग्राम नगरपालिकाले गुणस्तरहिन चामल राहतमा बाँडेपछि लकडाउन प्रभावितहरुले फालिदिएका छन । रामग्राम नगरपालिकाको बडा नम्बर ११, ६ र ३ मा बितरण गरिएको चामल कुहिएको भेटिएपछि स्थानीय आक्रोशित भएका हुन । बितरण गरेको राहत सामाग्रीमा चामल गुणस्तरहिन भएकोले राहत पाएकाहरुले राहत सामाग्री नगरपालिको मुलप्रबेशद्धारमा फालेर आक्रोश ब्यक्त गरेका हुन् ।

जनप्रतिनिधिले भने कुहिएको चामलका विषयमा अनभिज्ञता प्रकट गरेका छन । राहत सामाग्री बाँडेपछि मात्रै त्यो कुहिएको भएको थाहा भएको जनप्रतिनिधिहरुको भनाइ छ ।

नगर उपप्रमुख रम्भा कुवंरले चामल गुणस्तरहिन भएको जानकारी कार्यालयमा गराएपनि बितरण गरिएको आरोप लगाएकी छिन । चामल पठाउने सप्लायर्सले बदमासी गरेको भन्दै अनुसन्धान भैरहेको नगरपालिकाका कर्मचारीले बताएका छन् । नगरपालिकाले १८ कार्यालय मार्फत करिब तिन हजार घरपरिवारलाई राहत सामाग्री वितरण गरेको थियो । तीन बडामा बाँडिएको चामल गुणस्तरहीन भेटिएपछि अन्यमा बडामा पनि वितरण रोकिएको छ ।

तपाईको प्रतिक्रिया

Techie