नवलपरासीको गैडाकोटमा यात्रुबहाक बस ठोक्किएर दुर्घटना, तीनजनाको मृत्यु, २७ घाइते

प्रतिकात्मक तस्बिर

नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा यात्रुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । काँकडाभिट्टा महेन्द्रनगर जादै गरेको बस दुर्घटनामा परि बसका चालक र सहचालक सहित २७ जना घाईते भएका छन् ।

गैँडाकोट नगरपालिका बडा नम्बर १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु. प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाइ दुर्घटना भएको हो । दुर्घटनापछि बस सडक देखि १० फिट तल खस्न खस्दा तीन जनाको मृत्यु भएको हो ।

थुम्सीको २३ स्मृति पुलनजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको हो । मृतकहरुको परिचय खुल्न सकेको छैन । मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेका छन । दुर्घटनामा परि घाईते भएका उनिहरुको नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । अन्य घाईतेहरुको सोहि अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये ३ जनाको गम्भीर रहेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie